नायिका सुवेक्षा खड्का लामो समय पस्चात ठुलो पर्दामा कम्ब्याक भएकी छिन l लगभग ३ वर्ष पछि उनी नयाँ फिल्ममा आबद्ध भएकी हुन l गोविन्द सिंह भण्डारीको निर्देशन रहने फिल्म 'पेमा' मार्फत उनी ठुलो पर्दामा कमब्याक गर्न लागेकी हुन l विगत दुई हप्तादेखि उनी फिल्म ‘प्रेमा’ को छायांकनमा व्यस्त छिन् । फिल्ममा उनी टाइटल क्यारेक्टरमा छिन् । फिल्म रणवीर बाट सिने क्षेत्रमा पाइला राखेकी सुवेक्षाको  निर्देशक गोविन्द सिंह सँगको दोश्रो सहकार्य हो l  ‘प्रेमा’ मा आबद्ध भएपछि सुवेक्षाले हरेक फिल्म झैँ यो फिल्मले पनि आफ्नो मुटुमा विशेष स्थान बनाएको उल्लेख गरेकी थिइन् । उनी मिस नेपाल इन्टरनेसनल २०१२ र वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१७ की विजेता हुन् ।