हाँस्य कलाकार पल्पसा डङ्गोल उर्फ चम्सुरीको मिर्गौला ट्रान्सप्लान्ट हुने भएको छ l दसैँ तिहार पछि उनको मिर्गौला ट्रान्सप्लान्ट हुने पल्पसाले बताएकी हुन l त्रिवि शिक्षण अस्पतालमा पल्पसाको मिर्गौला प्रत्यारोपण हुने छ । उनलाई परिवारकै एक सदस्यले मिर्गौला दिन लागेका हुन l दुवैको स्वास्थ्य चेक् जाँच भई सकेको छ l भने , सरकारी कामहरू मात्र बाँकी रहेको छ l हाल स्वास्थ्यमा पनि सुधार आएको र आत्मविश्वास पनि बढेको चम्सुरीको भनाइ छ l मिर्गौलामा समस्या आएपछि करिब ३ महिना देखी चम्सुरी अस्पतालमा उपचार गराइरहेकी थिइन् l तीन साता अगाडि उनी अस्पताल बाट डिस्चार्ज भएकी हुन् । विगत ५ वर्ष देखी मिर्गौला रोग बाट ग्रसित उनको डायलसिस गर्ने क्रममा रगत नआएपछि अस्पताल भर्ना भएकी थिइन l उक्त समय कलाकार तथा निर्देशक दिपाश्री निरौला भेट्न गएकी थिइन् l त्यस्पछी, भने उनी अस्वस्थ रहेको खबर बाहिरिएको थियो l