सागर लम्साल 'बले' र टिक्टकर गरीमा शर्माको अभिनय रहेको म्युजिक भिडियो 'तिम्रै निम्ति हो' इन्टरनेट रिलिज गरिएको छ l रमेश राज आचार्य र रचना रिमालको भोकल रहेको गीतको शब्द निशा शर्मा अर्यालले कोरेकी छिन l
रमेश राज भट्टराईको संगित गीतमा समावेश छ l भिडियोमा विक्रम चौहानको कोरीयोग्राफी तथा निर्देशन रहेको छ l मिलन विश्वकर्माले सम्पादन र कलरिङ भिडियोमा गरेका छन् l