नायिका मनिषा कोइरालाले पूर्वयुवराज्ञी हिमानी शाहका प्रशंशा गरेकी छिन l सामाजिक सन्जालमा हिमानी सँगको तस्विर राख्दै उनले ‘गएको राती केही बहादुर महिलाहरुसँग समय बिताएँ’ मनीषा भन्छिन्, ‘विश्वलाई बहादुर महिलाहरु आवश्यक पर्छ । थप् उनले  ‘विश्वलाई सशक्त महिलाहरूको खाँचो छ, जसले अरूलाई अगाडि बढ्न र बनाउन मद्दत गर्छन्। जसले अरूलाई माया गर्न र अरूबाट माया पाउन सक्छन्। महिला जसमा नम्रता र उग्रता दुवै क्षमता हुन्छन् –एमी टेनी।’भनेर लेखेकी छन् l शनिबार निकट पारिवारिक जमघटमा रात्री भोज गर्दै उनीहरुले एकअर्काको भावना र विचार सेयर गरेका थिय l उक्त जमघटमा मनीषाकी निकट साथी डा. अर्पणा शाह, बन्दना राणा लगायत पनि थिए ।