अभिनेता सौगात मल्लको निर्माण रहेको फिल्म ‘राधा : द सेक्रेट्स अफ राधा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टर नायिका सृष्टि श्रेष्ठलाई फिचर गरिएको छ । आधा टाउको ढाक्ने गरी लामो पछ्यौरी लगाएकी उनी पोस्टरमा निकै गम्भीर र चिन्तित मुद्रामा देखिएकी छन् । आदि योगी भिजन, मण्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मलाई सौगात र सुवर्ण थापाले निर्माण गरेका हुन् l फिल्ममा सौगात र सृष्टिको अलावा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुष्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ । साथै दयाहाङ राई र निश्चल बस्नेतलाई पनि फिल्ममा देख्न सकिन छ l