भ्लग च्यालेन्ज प्रतियोगितामा ११ प्रतिस्पर्धीहरू चुनिएका छन् l पार्टी नेपालले आयोजना गरेको उक्त च्यालेन्जमा ११ प्रतिस्पर्धीहरू चुनिएको जानकारी काठमाडौँको दरबारमार्गमा कार्यक्रम आयोजना गरी जानकारी गराइएको हो l यस प्रतियोगिताका विजेताले सगरमाथा आधार शिविरसम्मको साहसिक पदयात्राको लागि लाखौँ फलोअर्स भएका विभिन्न देशबाट आएका भ्लगरहरुसँग नेपालको प्रतिनिधित्व गर्न पाउने छन् । साथै विजेताले रु दश लाख रुपैयाँ नगद पाउने छन् l कार्यक्रमको निर्णायकमा निश्चल बस्नेत, सिसन बानिया, रोहित शाक्य तथा मिलन थापा रहेका छन् l