नायक पल शाह र नायिका मलिका महतको जोडीलाई म्युजिक भिडियोमा दर्शकले खुबै रुचाएका छन् । उनीहरू अभिनीत तिन वटा गीतले युट्युबमा करोड बढी भ्यूज पाएका छन् । ‘फुल बुट्टे सारी’ बोलको गीतको फिमेल भर्सनमा एकसाथ काम गरेपछि पल र मलिकाको जोडी सफल भएको हो । यसपछि, यी दुइले ‘टाढा भए पनि, आँखैमा आउने सपनी, तिम्रो मनमा ए कान्छा’ बोलको गीतमा काम गरिसकेका छन् । तर, यी चारै गीत नयाँ भने होइनन् । ४ जना गायकको स्वरमा हिट भैसकेको यो गीतलाई केन्द्र मोशन पिक्चर्सले फिमेल भर्सनमा तयार पारेको हो । फिमेल भर्सनलाई पनि दर्शकले मेल भर्सन जस्तै रुचाए । यस्तै केही दिन अघि पल र मलिका अभिनीत म्युजिक भिडियो लाखौँ हजारौँ सार्वजनिक गरिएको थियो l कभर गीत 'फिमेल भर्सन' मा सार्वजनिक गरिएको यस गीतमा पल र मलिका फरक भूमिकामा देखिएका छन् l अन्य गीतमा भन्दा यस भिडियोमा काम गर्न पाउँदा निकै नै खुसी भएको दुईको भनाइ छ l यस गीतमा पलले मलिकाले गरेको गेट अप एकदमै मन परेको बताएका छन l सिनेपाटीले प्रश्न सोध्दै जाने क्रममा पललाई मलिकाले गरेको गेट अप तपाईँलाई कस्तो लाग्यो यो भिडियोमा ?' भनेर सोध्दा l पलले कुल मिलाएर भन्न पर्दा यो पाली गेट अप धेरै नै राम्रो थियो l उक्त गेटअपमा हामी कस्तो देखिएला भन्ने कौतुहलता थियो l जब गेट अप लायौ तब मलाई भन्दा पनि मलिका लाई धेरै नै राम्रो देखिएको थियो l लुगा उसलाई धेरै नै सुहाएको थियो l