चलचित्र ‘जेरी’बाट रजतपटमा डेव्यु गरेकी नायिका आना शर्माले सामाजिक सञ्जालमा सक्रिय छिन् । हालै उनी अभिनित चलचित्र ‘ग्याङस्टर ब्लुज’ प्रदर्शनमा आएको थियो । पहिलो चलचित्रबाट वाहवाही बटुलेकी आनाले दोस्रो चलचित्रबाट सोचेको जस्तो प्रतिक्रिया पाइनन् । आनाले पहिलो चलचित्रबाट निकै फ्यान फलोइङ बटुलेकी थिइन् ।

चलचित्र ‘जेरी’मा आनाले अभिनेता अनमोल केसीसँग रोमान्स गरेकी थिइन् । जेरी प्रदर्शनमा आएसँगै अनमोल र आनाको प्रेम सम्बन्धको चर्चाले गसिप बजार खुबै तातेको थियो । तर दुवैले आफुहरु साथीमा सिमित रहेको बताउदै आएका थिए । यतिबेला आना सोनाम छिरिङ शर्पासँग प्रेममा रहेको चर्चा सिनेमा बजारमा हुन थालेको छ । बिशेषत समाजिक सञ्जालमा आनाले सोनामसँगका केही तस्बिरहरु पोस्ट गर्दै आइरहेकी छिन् ।

जसमा यी दुई प्रेममा रहेको कुरा प्रस्ट पार्दछ । त्यसो त चलचित्र ‘ग्याङस्टर ब्लुज’को प्रिमियर सोमा सोनाम पुगेका थिए । यी दुईले एकसाथ नै बसेर चलचित्र हेरेका थिए ।