फिल्म ‘अञ्जली’ आउँदो मंसिरमा प्रदर्शन हुने भएको छ । दिनेश लिङ्देनको निर्देशन र कथा रहेको फिल्मलाई कविता राई लिङ्देन, मणि ताम्लिङ र राम दाहाल निर्माण गरेका हुन l यसै फिल्म बाट अभिनेता दिक्पालले ५ वर्षपछि अभिनयमा पुनरागमन गरेका हुन् । सुशील अधिकारीको छायांकन रहेको फिल्ममा लिना बास्कोटा, दिक्पाल कार्की, विमला खजुम लिम्बु, हाङ चेम्जोङ, विमला गिरी लगायत कलाकारहरूको अभिनय रहेको छ l घरेलु हिंसा तथा बालबालिका अपहरणलाई मुख्य विषय बनाइएको फिल्ममा पुण्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य निर्देशन रहेको छ l