म्युजिक भिडियो हुँदै फिल्ममा आएकी अभिनेत्री हुन्,मलिका महत । पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेकी महतले फिल्म ‘यात्रा’ बाट आफ्नो करियरलाई ठुलो पर्दामा ढकालिन् l तर अपसोच पहिलो गाँसमानै उनलाई ढुङ्गा पर्‍यो l उक्त फिल्मले पानी पिउन नपाएपनी मलिकालाई फिल्मको अफर आउन भने छोडेको छैन l म्युजिक भिडियोको चर्चाले गर्दा नै फ्लप हिरोइन कहलिएता पनि उनलाई अफर आएको अड्कल काट्न सकिछ l पल सँग जोडी बाँधेर अधिकांश गीतको फिमेल भर्सनमा काम गरे पछि उनको चर्चा चुलिएको हो l यसैलेपनी उनलाई म्युजिक भिडियोले चम्काएको हिरोइन भन्दा फरक नपर्ला l मलिकालाई फिल्म ‘नाइँ नभन्नु ल ६ र पर्खी बसे २’बाट अफर आएको खबर यस अगाडि सार्वजनिक भैसकेको थियो ।  साथै उनी र नायक पल शाहलाई लिएर केन्द्र मोशन पिक्चर्सले लभ स्टोरी फिल्म बनाउन लागेको चर्चा पनि केही समयदेखि नै चलिरहेको छ । मलिकाले ‘यात्रा’ पछि ‘पानी फोटो’मा काम गरेकी छिन् । जुन फिल्म रिलिजको पर्खाइमा पनि छ l उनै मलिकालाई हालै अर्को फिल्मको पनि अफर आएको छ l  फिल्म रहेको छ ‘सत्यं’ l महानायक नायक राजेश हमाल , पल र अनुपविक्रम सँग उनले स्क्रिन सेयर गर्न लागेको खबर बाहिरिएको छ l निर्माण टिम र मलिका बिच सकारात्मक कुरा भएको र केही समय पछि निर्माण टिमसँग संझौता हुन सक्ने बुझिएको छ । फिल्मलाई रेसम सापकोटाले निर्माण रहेको फिल्मको निर्देशन शंकर कार्कीले गर्ने छन् l 'सत्यं'मा श्याम मल्ल कार्यकारी निर्माताको रूपमा रहेका छन् l   समाजका एक नायकको कथा भन्ने फिल्म नवयुग सिनेमाको ब्यानरमा निर्माण हुने छ । नायक पल शाह र अनुप विक्रम शाहीको फिल्ममा मुख्य भूमिका छ ।  फिल्मको कथा निर्माता सापकोटा आफैँले तयार गरेका छन् । गणेश पौडेल सहयोगी निर्माता रहने यस फिल्ममा सह -निर्माता रेसम गौतम, कृष्ण अधिकारी र बलराम सुवेदी रहेका छन् । विदुर पाण्डे छायाँकार रहने फिल्मको छायांकन तिहारपछि सुरु हुने छ l  नेपाली फिल्म इतिहासकै ठुलो सेटमा खिचिने फिल्मको हाल पोखरमा सेट निर्माणको काम पनि भई रहेको छ l