निशान भट्टराई र रचना रिमालको स्वरमा ‘माया गर्नलाई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रदीप चापागाँइको शब्द, दीपक शर्माको संगीत छ । भिडियोको निर्देशन शान थापाले गरेका हुन् ।  रोमान्टिक शैलीको निर्माण गरिएको गीतमा मोडलद्धय सुधीर श्रेष्ठ र गरिमा शर्माको अभिनय रहेको छ l

अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको कोरियोग्राफी भिडियोमा समावेश छ l सार्वजनिक भिडियोलाई 'अफीसियल प्रदीप चापागाईँ' युट्युब च्यानल बाट रिलिज गरिएको हो l