अभिनय सिक्न चाहने तर पैसाको अभावले गर्दा सिक्न नसक्नेहरूलाई मध्य नजर गर्दै निःशुल्क अभिनय कक्षा आज बाट सुरु गरिएको छ l दोलखा कालिन्चोक सुन्द्रावती वडा नम्बर ९ को आर्थिक सहयोग तथा भिमेस्वर नाट्य समूहको आयोजनामा एक हप्ते विशेष अभिनय प्रशिक्षण तालिम सुन्द्रावती कटुवा चौरमा सुरु गरिएको हो । उक्त कार्यशाला असोज १२ गते देखि असोज १८ गते सम्म सञ्चालन हुने कुरा कार्यशाला संयोजक जगत कुमार थामी बताउँछन् । उनी थप्छन् यो ठाउँ नाटकको उर्वर भूमि बन्न सक्छ किनकि यहाँ अभिनय र नाटक सम्बन्धी चासो राख्ने र सिक्न चाहनेको भिड छ । उक्त अभिनय कक्षा वरिष्ठ निर्देशक तथा रँगकर्मी कलाकार प्रह्लाद खरेलले लिने छन् l उनी भन्छन् मलाइ गाउँ गाउँका कुना कन्दरामा गएर प्रतिभाशाली कलाकार जन्माउनु छ । काठमान्डु आएर महँगो पैसा तिरेर अभिनय सबैले सिक्न सक्दैनन् । त्यसैले चाहेर पनि अभिनय सिक्न नपाउनेको जमात गाउँ गाउँमा भेटिनछन् । त्यही जमात सङ्ग आज म छु, म यसैमा रमाउँछु । यहाँ सिकाउने कुरा भन्दा बढी सिक्ने कुरा भेट्छु त्यसैले म यस्तो मौका गुमाउनै चाहन्न । जीवन ज्युन चाहनेहरुको लागि जीवनमा अभिनयको महत्त्व छ' भन्ने प्रशिक्षक खरेलको भनाइ छ l