विश्व चर्चित गायिका एरियाना ग्रान्डेलाई ज्यान मार्ने धम्की आएको छ l घर भित्र पसेर आफूलाई ज्यान मार्ने धम्की दिएको उनी बताउँछिन् l हरोन ब्राउन नाम गएको व्यक्तिले धम्की दिएको उनले सामाजिक सञ्जाल मार्फत बताएकी हुन l उनी लेख्छिन् ‘म आफ्नो र मेरो परिवारको सुरक्षाबारे चिन्तित छु,’ एरियाना भन्छिन्, ‘यदि ब्राउन फेरी प्रहरीको हिरासतबाट छुटे भने उनी मेरो घर पसेर मलाई र मेरो परिवारका सदस्यलाई मार्न सक्छ। ब्राउन लाई यसअघि पनि प्रहरीले धेरै पटक चेतावनी दिएको थियो l तर केही नलागे पछि अन्त्यमा भने प्रहरीले हिरासतमा लिएको थियो l उनलाई दुई अपराधको आरोप लगाइएको छ। ब्राउनले सात महिनाभन्दा अघिदेखि एरियानालाई मार्ने प्रयास गरिरहेका थिए, तर सेप्टेम्बर ९ मा भने उनी एक्लै घरमा भएको मौका पारेर चक्कुले हमला गर्न पसे। सुरक्षाकर्मीले उनलाई रोक्न खोज्दा सुरक्षाकर्मीहरूलाई पनि धम्की दिएको हलिउड संचारमा पनि उल्लेख छ l