गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत  सार्वजनिक भएको छ । ’तिम्रै हुन पाऊँ’ बोलको गीतमा कमल खत्रीको शब्द तथा संगीत रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

‘पहिलो नम्बर’मा, ‘पर्ख पर्ख मायालु’ लगायत चर्चित गीतमा आवाज दिएको बिन्दु यस भिडियोलाई शान थापाले निर्देशन गरेका छन् l  राजीव समरको करियोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । विन्दु आफैँ फिचर्ड भएकी ’तिम्रै हुन पाऊँ’ लाई अर्जुन तिवारीले खिचेका हुन् ।