नायिका उपसाना सिंह ठकुरी र आना शर्मा एउटै स्क्रिनमा देखिने भएका छन् l निर्देशक विवेक सुवेदीले यी दुईलाई एउटै स्क्रिनमा भिडाउने भएका हुन l उक्त फिल्मको नाम रहेको छ ‘योलो’ l दुवै फिल्ममा काम गर्ने पक्का पक्की भएको छ l ‘जेरी’ डेब्यू नायिका शर्मा र ‘क्याप्टेन’ डेब्यू नायिका ठकुरीले पहिलो पटक एकसाथ फिल्ममा काम गर्न लागेका हुन् । फिल्मले मित्रताको कथा बोल्ने छ l इटालीमा फिल्मको दृश्य कैद गर्ने निर्माण टिमको योजना छ l यसका लागि अहिले, कलाकारहरूको भिजाको तयारी चलिरहेको छ । फिल्मको छायांकन अक्टोबरको अन्त्य बाट हुने छ l