गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिने तयारी गरेकी छिन् । प्रविशाले अमेरिकामा रहँदै आएका प्रेमी निर्माण सिटौलासँग लगन गाँठो कस्न लागेकी हुन् l यही मंसिरमा उनले निर्माणसँग लगन गाँठो कस्दै छिन् l असोजमै विवाह गर्ने तयारी भएता पनि केही कारणले गर्दा उनले मंसिरमा मिति पक्का गरेकी हुन् l निर्माणको बानी ब्यहोरा मनपरेपछी नै आफूले विवाह प्रस्ताव स्वीकार्य गरेको प्रविशाको भनाइ छ l निर्माणसँग प्रविशाको कुरा हुन थालेको ३ महिना भयो । डेढ दशकदेखि नेपाली फिल्मको पार्श्व गीत गायनमा सक्रिय गायिका प्रविशा अधिकारीले पछिल्लो समय अन्य विधाका गीतमार्फत समेत लगातार लोकप्रियता कमाइरहेकी छन्। फिल्म बिदाइमार्फत पार्श्व गायिकाका रूपमा गायनमा प्रवेश गरेकी प्रविशा लगातार पार्श्व गायनमा जमिरहेकी छिन्। यसबिच प्रविशाका थुप्रै फिल्मी गीत चर्चित भए। उनले गाएका तिमी जहाँ छौ म त्यहीँ छु,मायाले बाँध्यो यसरी, फूल होइन काँडा, तिमीबाहेक बिताएका पलहरू, पीपल छेउमा वरजस्ता गीत निकै लोकप्रिय छन्। प्रविशा हिमालय टिभीबाट प्रसारण हुने तयारीमा रहेको रियालिटी शो ‘भ्वाइस किड्स’को कोच समेत हुन् ।