‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरलाई नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिभुवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् । गृह मन्त्रालयले कुनै स्विक्रिती नदिएपछी उनी पुन:अमेरिका फर्किएका हुन l किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो । ‘द भ्वाइस अफ नेपाल जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । नेपाल आउँदा उनले जरिवाना तिरेको अपडेट विमानस्थलमा नभैसकेको र अपडेटका लागि केही समय लाग्ने भएपछि किरण अमेरिका नै फर्किएका हुन् । एक प्रवेशाज्ञा बर्षमा अमेरिकी नागरिकहरुले नेपालमा १ सय ८० दिन भन्दा बढी बस्न नपाइने नियम छ ।  किरण नेपालको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन् । तर, १४ बर्ष अगाडि अमेरिकी सरकारले भुटानी शरणार्थीहरुलाई आफ्नो देश लैजाने क्रममा उनी अमेरिका पुगेका थिए । अध्यागमन विभागले अपडेट गरेपछि किरणलाई बोलाउने बताएको छ, तर यो बर्ष किरण नेपाल प्रवेश गर्न पाउने संभावना भने कम छ ।