नायक पल शाह र नायिका आँचल शर्मा अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’को दोस्रो गीत सार्वजनिक भएको छ । काठमाडौँमा आइतबार एक कार्यक्रम बिच चलचित्रको गीत सार्वजनिक गरिएको थियो । ‘जब जब..’बोल गीतमा अन्जु पन्त्त र सुरेश लामाको स्वर रहेको छ भने शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ ।
गीतको भिडियोलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् । भदौ ३० गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘जोनी जेन्टलम्यान’लाई नितिन चन्दले निर्देशन गरेका हुन् । महेश दवाडीको कथा रहेको चलचित्रलाई ऐन्ड्रउ पौडेलले निर्माण गरेका हुन् त्यस्तै कार्यकारी निर्माताको रुपमा अजय मल्ल ठकुरी रहेका छन् ।