एस् टी कृयसनको प्रस्तुतिमा म्युजिक भिडियो 'माया बिना' इन्टरनेट रिलिज गरिएको छ l बाबुल गिरी र संगिता थापा मगरको आवाजमा समावेश गीतको शब्द तथा संगीत रविन खड्काको रहेको छ l बिनय कार्की छेत्रीले गीतको संगीत संयोजन गरेका छन् l
सुबोल थापाको निर्देशन भिडियोमा छ l नवीन निरौला सम्पादन/कलरिङ् रहेको भिडियोको दृश्य कैद ज्ञानेन्द्र शर्माले गरेका हुन् l प्रकाश बस्नेत र प्रमीला खनालको दमदार अभिनय यस भिडियोमा देख्न सकिन्छ l