फिल्म हल नखुल्दासम्म हल खुलेन भन्नेहरू अहिले हल खुल्दा भने फिल्म रिलिज गर्न आनाकानी गरिरहेका छन् । लकडाउनका कारण बन्द भएका सिनेमा घर हत हप्ता देखी नै सर्कारको आव्हानमा खुल्यो l तर अधिकारीक रूपमा भने चलचित्र संघले पर्सी बाट खोल्ने निर्णय गरेको छ l सोही दिन बाट हलिउड फिल्म प्रदर्शनमा आउँदै छ l भने त्यसैको केही दिन पछी शोभित बस्नेतको ‘डाँडाको वर पीपल’ प्रदर्शनमा आउँदै छ l अरू समयमा हिन्दी फिल्मले नेपाली फिल्मलाई थिच्यो भन्दै कराउने निर्माताहरू यस पटक दसैँको लामो बिदामा पनि फिल्म चलाउन अगाडि सरेका छैनन् । नयाँ फिल्महरू रिलिजको लागि पाइप लाइनमा रहे पनि एकाध बाहेक धेरैजसो फिल्मलाई आट गरेर चलाउन सक्ने क्षमता कुनै निर्माता निर्देशक सँग छैन l पहिलो दिन नै हलिउड फिल्म बाट सिनेमा घर उद्घाटन गर्न पर्दा कलाकार दीपकराज गिरिले असन्तुष्टि जनाएका छन् l सामाजिक सञ्जालमा असन्तुष्टि जनाउँदै गिरी लेख्छन् अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो !!कमसेकम दसैँमा रिलिज गर्ने डेट तोकेर तैयार भएर बसेका साथीहरू ले त ऑट गर्नु पर्ने थियो नि!!!सहज हूदॉ एक आपसमा भिडने अप्ठेरो बेला चाहिँ …. ' भनेर दीपकले सिनेकर्मीहरुलाई व्यङ्ग्य हानेका छन् l