हलिउड  विश्व चर्चित सिरिज जेम्स बन्डको २५ औँ श्रृंखला ‘नो टाइम टु डाइ’ रिलिजको तयारीमा छ l असोज २८ गते उक्त फिल्म नेपालमा पनि रिलिज हुने भएको हो l क्यूएफएक्सले केही दिनमै बुकिङ खुलाउने तयारी गरेको छ । चलचित्र विकास बोर्डले सम्भवतः आगामी आइतबार नेपाली फिल्म रिलिजको लाइनअप घोषणा गर्ने भएको छ । यसबारे अध्यक्ष दयाराम दाहालले आज बिहान प्रदर्शक, निर्माता र वितरकसँग छलफल गरेका थिए । साथै २१ गते २१ गते फास्ट एन्ड फ्युरियस ९ र नोबडी प्रदर्शन हुनेछन् l भने त्यसैको केही दिन पछि शोभित बस्नेतको ‘डाँडाको वर पीपल’ बाट दर्शकहरूले नेपाली फिल्मको स्वाद चाख्न पाउने छन् l