फिल्म ‘ग्रिन वर्ड’को छायाङ्कन समापन भएको छ l १९ दिनमै फिल्मको प्याक अप भएको हो l  फिल्मको छायाँकन चितवन र नवलपरासीमा गरिएको छ । फिल्ममा नायिका सुरक्षा पन्तसँगै कमलमणि नेपाल र अफरान अलीकोे मुख्य भूमिका रहेको छ । प्रमोद कँडेलले 'ग्रिन वर्ड’को  निर्देशन गरेका हुन l योङ स्टार सिनेमाको ब्यानरमा निर्माण भएको फिल्ममा परिवार र समाजको परिधी भन्दा बाहिर गएर स्वतन्त्र तरिकाले जीवन जिउन चाहने एक युवतिको संघर्षको कथालाई पर्दामा देखाउनेछ । प्रमोदकै कथा र पटकथा रहेको फिल्ममा कात्तिक स्मित कर्नाटकको छायाँकन, अन्जय खड्काको सम्पादन समावेश छ ।