गायक तथा कलाकार निमा रुम्बा लामो समय पछी नयाँ गीत मार्फत दर्शकश्रोता माझ आएका छन l 'पागल प्रेमी २' बोलको गीत मार्फत रुम्बा दर्शकमाझ आएका हुन l गीतमा निमाको शब्द, संगीत छ l यो गीत उनले केही वर्षअघि नै रेकर्ड गरेका थिए । उक्त गीतका लागि निमा र गायक स्व. सुनिल बर्देवाले २०७० मा एरेन्ज सुरु गरेका थिए । सुनिलको निधनसँगै ‘पागल प्रेमी २’ को ‘क्रेजी लभर’ निमा र सुनिलको सहकार्य रहेको अन्तिम गीत बन्न पुगेको छ l
भिडियोको छायाङ्कन अमेरिकामा गरिएको छ l फिल्मी शैलीमा निर्माण गरिएको गीतमा निमा आफैँ प्रमुख भूमिकामा छन् भने मिस युनिभर्स नेपाल २०२१ की विजेता अंशिका शर्मा र मिस्टर यूएसए तथा दुई पटक मेन्स फिजिक गोल्ड मेडल जितेका तथा प्रो कार्ड विजेता उत्सव सिंहको अभिनय छ । भिडियोमा एक्सन, थ्रिल र सस्पेन्स भरपुर छ । भिडियोलाई युवा फिल्म्स् र आहा प्रोडक्सनले तयार पारेको हो ।