अभिनेता सरोज खनालको निर्देशनमा मार्मिक गीति भिडियो 'विरोध छैन' सार्वजनिक भएको छ । रचना रिमालको स्वर समावेश गीतमा सरला श्रेष्ठको रचना रहेको छ l गीतमा संगीत कृति न्यौपानेको छ l भिडियोमा छायांकन आङ्चेन लामाको छ भने सम्पादनको काम टेकेन्द्र शाहले गरेका छन् ।

गरिबीको पीडा पश्चात् परदेश जान बाध्य प्रेमीको सम्झनामा प्रेमिकाले पोखेको विरह र प्रेमिकाको सम्झनामा प्रेमीको छटपटाहट  भिडियोमा देखिइएको छ l  मोडल द्वय कुसुम थापा र हेम प्रभास अधिकारीलाई भिडियोमा फिचर्ड गरिएको छ । साथमा पदम प्रसाद अधिकारीको  पनि अभिनय भिडियोमा देख्न सकिन्छ l