नजिकिँदै गरेको महान् चाड पर्व बडा दसैँलाई लक्षित गर्दै सेवाग्राहीहरूमा भायानेटले नयाँ अफर ल्याएको छ l चाडपर्वको अवसरमा घरको लागि प्रायः नयाँ सामान किन्ने चलन र इन्टरनेटको अझ बढी उपयोग गर्ने कुरालाई ध्यानमा राखेर भायानेटले यो अफर ल्याएको हो l  बडा दसैँमा, बडा स्पिड, बडा टिभी अफर! नाम दिएको अफरमा ग्राहकहरूले बढी स्पिड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरूका साथ ३२ र ५५ इन्चको टेलिभिजन खरिद गर्न सक्ने छन् l साथ–साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एन्ड्रोइड टिभी बण्डल गरेको छ । यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा २२% सम्म छुट पाउन सक्नेछन् । यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरूले भायानेटको सुपर स्पिड इन्टरनेट र १७५ च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पिड पाउन सक्ने छन् l  यस अफरको थप जानकारी भायानेटको वेभ साइटमा पनि लिन सकिन्छ l