नेपाली 'क्राइम पेट्रोल'को ट्रेलर सार्वजनिक भएको छ l भारतीय फ्रेन्चाइज लिएर निर्माण गरिएको सो ट्रेलरलाई डोको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो l १ मिनेट ४९ सेकेन्डको उक्त ट्रेलरमा एक युवतीको हत्या बारे देखाउन खोजिएको छ l
भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रित ‘क्राइम पेट्रोल’ सँग आधिकारिक अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण भएको हो । ‘क्राइम पेट्रोल नेपाल’ मा कलाकार दीपक राज गिरी होस्टको रूपमा देखिएका छन् l यसमा कथाअनुसार विभिन्न कलाकारको समेत अभिनय रहनेछ । ‘क्राइम पेट्रोल नेपाल’ निर्माणमा ठुलो टिम रहेको छ ।