यो साता पनि विभिन्न नयाँ गीत संगीत बजारमा भित्रिए । अघिल्लो साताको तुलनामा यो साता पनि उत्तिकै म्युजिक भिडियोहरू सार्वजनिक भए l ती गीत संगीत केही सार्वजनिक कार्यक्रम सहित बाहिर ल्याइयो, भने केही युट्युब मार्फत सार्वजनिक भए । यस्ता छन् – यो साता बजारमा आएका गीत ।
१: अभिनेता सरोज खनालको निर्देशनमा 'विरोध छैन'
अभिनेता सरोज खनालको निर्देशनमा मार्मिक गीति भिडियो 'विरोध छैन' यही हप्ता सार्वजनिक भएको हो । रचना रिमालको स्वर समावेश गीतमा सरला श्रेष्ठको रचना रहेको छ l गीतमा संगीत कृति न्यौपानेको छ l भिडियोमा छायांकन आङ्चेन लामाको छ भने सम्पादनको काम टेकेन्द्र शाहले गरेका छन् ।गरिबीको पीडा पश्चात् परदेश जान बाध्य प्रेमीको सम्झनामा प्रेमिकाले पोखेको विरह र प्रेमिकाको सम्झनामा प्रेमीको छटपटाहट भिडियोमा देखिइएको छ l मोडल द्वय कुसुम थापा र हेम प्रभास अधिकारीलाई भिडियोमा फिचर्ड गरिएको छ । साथमा पदम प्रसाद अधिकारीको पनि अभिनय भिडियोमा देख्न सकिन्छ l 
२: सुधीर र गरिमाको अभिनय 'माया गर्नलाई'
निशान भट्टराई र रचना रिमालको स्वरमा ‘माया गर्नलाई’ बोलको गीत गत मंगलबार सार्वजनिक गरिएको हो । गीतमा प्रदीप चापागाँइको शब्द, दीपक शर्माको संगीत छ । भिडियोको निर्देशन शान थापाले गरेका हुन् । रोमान्टिक शैलीको निर्माण गरिएको गीतमा मोडलद्धय सुधीर श्रेष्ठ र गरिमा शर्माको अभिनय रहेको छ l अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको कोरियोग्राफी भिडियोमा समावेश छ l सार्वजनिक भिडियोलाई 'अफीसियल प्रदीप चापागाईँ' युट्युब च्यानल बाट रिलिज गरिएको हो l

३ : अञ्जलि र मेक्समको नक्कले 'माया'
रचना रिमालको आवाजमा समावेश गीत 'नक्कले माया' लाई यही हप्ता रिलिज भएको भिडियोको सूचिमा पर्छ l नरेश खाती छेत्रीको शब्द तथा संगीत गीत समावेश छ l गीतमा संगीत संयोजन विशाल निरौलाको रहेको छ l शिशिर खातीको निर्देशन, हरि घले लामाको सिनेमाटोग्राफी, मनोज कार्कीको सम्पादन ,राजेन्द्र मोक्तानको कलरीङमा भिडियो तयार बनेको छ l अञ्जलि अधिकारी र मेक्सम खातीको अभिनय भिडियोमा देख्न सकिन्छ l
४: प्रकाश र प्रमीलाको 'माया बिना'
एस् टी कृयसनको प्रस्तुतिमा म्युजिक भिडियो 'माया बिना' इन्टरनेट रिलिज गरिएको छ l बाबुल गिरी र संगिता थापा मगरको आवाजमा समावेश गीतको शब्द तथा संगीत रविन खड्काको रहेको छ l विनय कार्की छेत्रीले गीतको संगीत संयोजन गरेका छन् l सुबोल थापाको निर्देशन भिडियोमा छ l नवीन निरौला सम्पादन/कलरिङ् रहेको भिडियोको दृश्य कैद ज्ञानेन्द्र शर्माले गरेका हुन् l प्रकाश बस्नेत र प्रमीला खनालको दमदार अभिनय यस भिडियोमा देख्न सकिन्छ l
५: प्रमोद खरेलको ‘बिहानीको मिरमिरेमा’
गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘बिहानीको मिरमिरेमा’ l दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्द रहेको ‘बिहानीको मिरमिरेमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा मोडलद्धय सुधीर श्रेष्ठ र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् भने मिलन श्रेष्ठ र साहिल खानले सम्पादन गरेका छन् l मानकृष्ण महर्जनको भिडियोमा छायांकन छ ।
६:राजेश पायल, दयाहाङ र विल्सनको अभिनयमा ‘देम सारो’
गायक राजेश पायल राईको स्वरमा गत शुक्रवार ‘देम सारो’ बोलको गीत सार्वजनिक भएको छ । ‘दर्शन नमस्ते ५’ एल्बममा समावेश गीतमा राजन मुकारुङको शब्द, राजेश पायलको संगीत, फणीन्द्र राईको एरेन्ज छ ।कमल राईको कोरियोग्राफी, किरण चाम्लिङ राईको निर्देशनमा बनेको भिडियोमा अभिनेता दयाहाङ राई, विल्सन विक्रम राई र राजेश पायल स्वयंमका साथमा रजनी गुरुङ देखिएकी छिन् । दयाहाङ, विल्सन विक्रम र राजेश पायल पहिलो पटक एउटै फ्रेममा देखिएका हुन् ।विक्रम डिसीको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई ५ लाख ८० हजार पटक हेरिएको छ । राजेश पायलले आफ्नै युट्युब च्यानलमा यो गीत सार्वजनिक गरेका हुन् ।
७:पशुपति शर्माको ‘पैसाको बुटो’
पशुपति शर्माले बिहीबार मात्रै ‘पैसाको बुटो’बोलको दसैँ गीत सार्वजनिक गरेका छन् । परदेशीको कथामा तयार गीतका शब्दहरू पशुपतिले नै कोरेका हुन् । गीतमा उनकै संगीत, सुनिल परियारको एरेन्ज छ । गीतमा पशुपति शर्मा, रमेशराज भट्टराई, खुमन अधिकारी, सन्दीप न्यौपाने, देवी घर्ती, सम्झना भण्डारी, जानकी तारामी मगर, लुभिना शर्माको स्वर छ । प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा गायक–गायिका स्वयंमले अभिनय गरेका छन् ।भिडियोमा अजय रेग्मीको छायाँकन, विष्णु शर्माको सम्पादन छ । भिडियोलाई युट्युबमा एक दिनमै २ लाख ५० हजार बढी पटक हेरिएको छ ।
८: गरिमा र सागर लम्साल 'बले' को अभिनयमा ‘तिम्रै निम्ति हो’
‘तिम्रै निम्ति हो’ बोलको गीतमा रमेशराज भट्टराई र रचना रिमालको स्वर छ । निशा शर्मा अर्यालको शब्द, रमेशराजको संगीत, विश्वास नेपालको एरेन्ज रहेको गीत गत शनिवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको थियो । विक्रम चौहानको निर्देशनमा बनेको डान्सिङ विटको गीतको भिडियोमा सागर लम्साल र गरिमा शर्माको नृत्य छ । भिडियोलाई ३ लाख ७० हजार बढी पटक हेरिएको छ । अजय रेग्मी एन्ड टिमको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
९:पल र मलिकाको अभिनयमा ‘लाखौं हजारौं’
अभिनेता पल शाह र अभिनेत्री मलिका महतको जोडी म्युजिक भिडियोमा खुबै रुचाईएको छ । यी दुईले एकपछि अर्को म्युजिक भिडियोमा काम गरिरहेका छन् । यस्तैमा गत आईतबार पल र मलिकाको अभिनयमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो ।यावेश थापाको लिरिक्स एवं कम्पोजिशन, सञ्जु मोक्तानको स्वरमा ‘लाखौं हजारौं’ गीतको भिडियोमा यी दुईले अभिनय गरेका हुन् । तेन्जु योञ्जनको कोरियोग्राफी, युगल पोमो लिम्बुको निर्देशनमा बनेको भिडियो पृथक खालको बनाईएको छ ।अर्जुन तिवारी एण्ड टिमको छायाँकन रहेको भिडियोमा जिवन थापाको सम्पादन छ । भिडियोलाई अहिलेसम्म ११ लाख २६ हजार बढी पटक हेरिएको छ ।
१०:नाजिर र अनिताको अभिनयमा 'झिल्के साडी'
वरिष्ठ गायक शम्भु राई र गायिका मेलिना राईको स्वरमा ‘झिल्के साडी’ बोलको गीत बजारमा आएको केही दिन भयो l लोक शैलीमा तयार गीतमा शब्द तथा संगीत गायक राईकै समेटिएको छ । रिकेश गुरुङको संगीत संयोजन गीतमा रहेको छ l त्रिलोक लामा र राकेशको छायाँकन रहेको भिडियोमा अभि लामाको निर्देशन तथा कोरियोग्राफी रहेको छ । भिडियोमा अभिनेता नाजिर हुसेन र अनिता गोले फिचर्ड छन् l गायक शम्भु राईको चिठ्ठी तिमीलाई, एनी हौ, आँखैमा झलझली जस्ता गीत धेरै चर्चित छन् l
