गायक रोशन सुवेदी र गायिका सुरक्षा सेन्चुरीको सुमधुर आवाजमा 'बालै फरर' बोलको गीत रिलिज भएको छ l गायक रोशनकै शब्द रचना रहेको गीतमा संगीत विकास चौधरीले भरेका छन् l गीतको संगीत संयोजन सञ्जय हमालको रहेको छ l
फराज अर्पणको सम्पादन , छायाङ्कन र निर्देशन मा तयार भएको भिडियोमा अभि लामाको कोरीयोग्राफी समावेश छ l अभि लामा र अनिता गोलेको अभिनय रहेको भिडियोलाई अनाभी प्रोडक्सन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ