बलिउड अभिनेता शारुख खानका छोरा आर्यन खानलाई मुम्बई पुलिसले पक्राउ गरेको छ l ड्रग्स पार्टीमा सग्लन रहेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो l भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले शनिवार मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा एक ड्रग्स पार्टीमा छापा मारेको थियो l भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले आर्यनको मोबाइल फोन पनि जफत गरेको छ र उनको च्याट खोजी गरिरहेको छ। ब्युरोका अधिकारीहरू यात्रु बनेर क्रुज सिपमा छापा मारेको थिए l ब्युरोले छापा मार्ने क्रममा आर्यन सहित ८ जनालाई प्रहरीले हिरासतमा लिएको हो l तर उक्त ड्रग्समा आफ्नो कुनै सग्लनता नरहेको खानको भनाइछ l (एनसीबी) ले हाल आर्यन सँग सोधपुछ गरिरहेको छ l तर उक्त पार्टीमा आफू अतिथिको रूपमा मात्र गएको बताएका छन् ।