निर्देशक शोभित बस्नेतले अन्त्यमा महानायक राजेश हमाल नै हुनु पर्ने बताएका छन् l  फिल्म 'डाँडाको वरपीपल' को ट्रेलर रिलिज गर्न राखिएको पत्रकार सम्मेलनमा बस्नेतले दर्शक सँग माफी माग्दै महानायक हमाल नै रहेको बताएका हुन l कार्यक्रममा हमालको तस्बिर राख्दै' म जहिले नि गलत रहिछु ,धेरै मिडियामा मैले महानायक राजेश हैन भनेको थिए l त्यसको लागि माफी , महानायक भन्दा माथिको पद आज सम्म कुनै छैन l व्यक्तिले दिएको पद हैन यो दर्शकले दिनु भएको पद हो l त्यो पदको लायक महानायक राजेश हमाल नै हुनुहुन्छ l साथै उनले सुपरस्टारको सङ्ग्या भने भुवन केसीलाई दिएका छन् l यस अघि उनले हमाललाई सुपरस्टार र भुवनलाई महानायकको सङ्ग्या दिएका थिए l शोभितले भुवन केसी नै महानायक हुनुपर्ने अभिव्यक्ति राख्दा उक्त महानायक प्रकरण धेरै नै चर्किएको थियो l यस अघि पनि थुप्रै कलाकारहरूले महानायक बारे बोल्दा दर्शक बाट थुप्रै नै नकारात्मक कमेन्टको सामना गर्नु परेको थियो l जसमा दिपाश्री निरौला , राजेन्द्र खड्गी पर्द छन् l अन्त्यमा यी दुईलेनी दर्शक सामु माफी मागेर महानायक विवाद चिस्याएका थिए l