फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर रिलिज गरिएको छ l आइतबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलरमा जातको कारण सलोन बस्नेत र रुविना थापाको प्रेममा उत्पन्न समस्यालाई देखाउन खोजिएको छ । फिल्ममा सलोनले सार्की परिवारमा जन्मिएको युवकको भूमिका निर्वाह गरेका छन् ।बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी छ । फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, गोविन्द राई/रामजी लामिछानेको नृत्य निर्देशन, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहेको छ ।
यो फिल्ममा भुवन केसी र शिव श्रेष्ठले १६ वर्षपछि एकसाथ काम गरेका हुन् । शोभित बस्नेतको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्त कुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतको मुख्य भूमिका रहेको छ l फिल्म यही असोज २६ गतेबाट प्रदर्शनमा आउँदै छ l