गायक लोक पौडेल र गायिका मेलिना राई फेरि एकसाथ नयाँ म्युजिक भिडियो ‘बेरुवाको औँठी’ लिएर आएका छन्। गीतमा चर्चित संगीतकार दीपक शर्माको शब्द, संगीत रहेको छ l नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका हुन्। भिडियोमा गायक प्रकाश सपुत र नायिका आँचल शर्मा फिचर्ड छन् ।

साथै रुजु शर्मा र अनिल आचार्यको समेत भिडियोमा अभिनय रहेको छ। भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् l  बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो।