र्यापर भिटेन अब फिल्ममा देखिने भएका छन् l बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको फिल्म ‘रत्नपार्क’ मा उनी अनुबन्ध भएका हुन् । बुढासुब्बाका सञ्चालक नवराज गिरीले भिटेनलाई लिएर फिल्म निर्माण गर्न लागेको हुन् l यस फिल्मको लागि भिटेनले १८ लाख पारिश्रमिक बुझी सकेका छन् l ओटीटी प्लेटफर्म, सिनेमा हल र टेलिभिजनमा रिलिज गर्ने गरी निर्माण हुन लागेको यो फिल्ममा अश्लील शब्दको अत्यधिक प्रयोग हुनेछ । फिल्म क्षेत्रलाई चलायमान बनाउन र कन्टेन्ट निकाल्नका लागि बुढासुब्बाले ७ वटा फिल्मको घोषणा गरी सकेको छ । त्यसमध्ये एउटा भिटेनलाई लिएर निर्माण हुनेछ । अब बुढासुब्बाले टी-सिरिज जस्तै आफैँले फिल्म बनाउनेछ । र्यापर भिटेन मात्र एक कलाकार होइनन् जो गायन बाट सिधै ठुलो पर्दा बाट प्रवेश गर्न लागेका l यस अघि गायक प्रकाश सपुत , रामकृष्ण ढकाल लगायतका गायकले ठुलो पर्दा अभिनय गरी सकेका छन् l