पछिल्लो समय सिने क्षेत्रमा आबद्ध भएका धेरै कलाकारहरू व्यवसायी भइसकेका छन् । परिवर्तित समयसँगै नेपाली कलाकारको पारिश्रमिक पनि बढ्दो छ । फिल्ममा अभिनय र म्युजिक भिडियोमा न्रित्य त उही हो तर पारिश्रमिक भने राम्रै चाहिन्छ l कलाकारहरुमात्र हैन निर्माता पनि त्यस्तै छन् l फिल्मको कथा बस्तु मतलब छैन तर कलाकारहरूको अनुहार भने राम्रै चाहिने l समय कहाँबाट कहाँ पुगी सक्यो तर भ्रममा पर्न भने छोडेका छैनन् निर्माताहरू l एउटै सोच राखेर हिँड्या छन् l अनुहार राम्रो पर्यो भने फिल्म होस् या म्युजिक भिडियो यसै चल्यो l निर्माताहरूको यस्तै भ्रमले गर्दा अभिनय र न्रित्य नजानेका कलाकारहरूलाई भने बढो फाइदा भएको छ l यस्तै एउटा म्युजिक भिडियो गरेको चार देखी पाँच लाख पारिश्रमिक l नायिका सामग्रीले लिएकी छिन l अब कसको भाग्य राम्रो भन्नु म्युजिक भिडियो बनाउनेको कि खेल्ने को ? उक्त भिडियो ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको हो l साम्राज्ञीले अभिनय गरेको भिडियो असोज २० गते काठमाडौँमा एक भव्य कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारी गरिएको छ । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । साम्राज्ञीले म्युजिक भिडियोमा यती पारिश्रमिक लिएको भने ठुलो कुरो हैन l ठुलो कुरो यो छ कि ठुलो पर्दामा काम गर्नु पर्यो भने १६ लाखसम्म पारिश्रमिक बुझ्छिन् l जे होस् उनलाई पनि अभिनय र न्रित्यले साथ नदिए पनि अनुहारले भने राम्रै साथ दिएको छ l