बलिउड कलाकारहरू अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन काठमाडौँ आइपुगेका छन् । आज बिहानको फ्लाइटमा यी कलाकारहरू नेपाल आएका हुन् l  फिल्म ‘उचाइ’ छायांकनको लागि नेपाल आएका कलाकारहरूले बिहान १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । आफूहरू नेपाल आएको खबर कलाकार अनुपमले सामाजिक सञ्जालमा भिडियो हाल्दै जानकारी गराएका हुन् l यो टिम झन्डै ४० दिन नेपालमा रहने छन् l फिल्मलाई निर्देशक सुरज वर्जत्यले निर्देशन गर्दै छन् l भोलिदेखि काठमाडौँबाट छायांकन सुरु हुने फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतमा सुटिङ गरिने जनाइएको छ ।