गायिका रानी शाक्यले ‘सरर’ बोलको गीत सार्वजनिक गरेकी छिन् । राजेश शाक्यको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । गीतको भिडियोमा नायिका पूजा शर्मा र नायक पुष्प खड्काले अभिनय गरेका छन् । पुष्प र पूजाको म्युजिक भिडियोमा यो पहिलो सहकार्य पनि हो ।

ज्ञानेन्द्र शर्माको छायांकन, विजयराज भुर्तेलको सम्पादन रहेको गीतमा देव धिमालको निर्देशन छ । भिडियोलाई गायिका रानी शाक्यकै आधिकारिक युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l