युवा ज्योतिष हरिहर अधिकारी अभिनीत ‘जय जय निलकण्ठ’ भजनको भिडियो सार्वजनिक भएको छ । गायक सुगम पोखरेलको स्वर रहेको भजनको शब्द हरिहर स्वयमले कोरेका हुन् । विशाल निरौलाले भजनमा संगीत भरेका छन् l भिडियोमा हरिहर शिव भक्तको भूमिकामा प्रस्तुत भएका छन् ।

नायिका निता ढुंगानाले भजनको निर्देशन गरेकी हुन् l भजनमा निताको छोटो झलक मात्रै छ । भने , भिडियोमा हरिहर फिल्म शुभ लभ पश्चात् दोश्रो पटक स्क्रिनमा देखिएका हुन् । भिडियोलाई 'मार्ग दर्शन' नामक युट्युब च्यानल बाट रिलिज गरिएको छ l