‘नेपाल वेस्ट म्युजिक अवार्ड–२०२१’ को पहिलो संस्करण सम्पन्न भएको छ। गत सोमबार चन्द्रागिरिमा गरिएको अवार्ड भव्य रूपमा सम्पन्न भएको हो l अध्यक्ष नवराज भण्डारीले आयोजनामा गरिएको अवार्डमा ३५ वटा रेगुलर विधामा र जुरी अवार्ड तथा पत्रकारिता पुरस्कार वितरण गरिएको थियो l चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरि, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल,कलाकार निर्देशक कृष्ण मल्ल,अभिनेत्री शर्मिला मल्ल,कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का,पूर्व बोर्ड अध्यक्ष राज कुमार राई,निर्देशक मिलन चाम्स लगायत फिल्मकर्मी तथा संगीतकर्मिको बाक्लो उपस्थिति रहेको थियो। निर्देशक जनकदिप पराजुली,संगीतकार तथा एरेन्जर राहुल प्रधान र गायक सुमन शेखर मानन्धर अवार्डको जुरी टिममा रहेका थिए।  ‘नेपाल वेस्ट म्युजिक अवार्ड–२०२१’ मा अवार्ड पाउने ब्यक्तित्वहरुको नाम यस प्रकारको छ l      

१. बेस्ट भिडियो निर्देशक- बिधान कार्की (नबोली नबोली)
२. बेस्ट भिडियो कोरियोग्राफर- सन्तोष राजबाहक (पहिलो माया)
३. बेस्ट भिडियो सम्पादक- धुर्बराज पराजुली ‘प्रज्वलित'(
४. बेस्ट सिनेम्याटोग्राफर- नवराज उप्रेती (फुटेका चुरा)५. बेस्ट लोक गायक- युवराज मगर (गोरखपुरे रेल)
६. बेस्ट लोक गायिका- अनिता चलाउने (फुटेका चुरा)
७. बेस्ट लोक गीत कम्पोजर-प्रभावन जे (माछी भुल्यो)
८. बेस्ट मोडल लोक फिमेल -अन्जली अधिकारी (उखु गुलियो)
९. बेस्ट मोडल लोक मेल-महेन्द्र गौतम (निस्ठुरे)
१०.बेस्ट रचना लोक- गणेश चौलागाईं (मायाको झन्डा)
११. बेस्ट रचना पप- सिन्चुरी सुरेश घमाल (संगैको साथी)
१२.बेस्ट पप सिंगर मेल – राहुल रक्स (तिमि रीसाउदा)
१३..बेस्ट पप सिंगर फिमेल-रानी शाक्य (सालघारी
१४. बेस्ट पप कम्पोज-नागेन्द्र श्रेष्ठ (तिमि बिना)
१५.बेस्ट पप मोडल मेल- सुधिर श्रेष्ठ (भन के गरम)
१६. बेस्ट पप मोडल फिमेल-रेबिका गुरुङ (बाटो को काँडा)
१७. बेस्ट प्ले ब्याक सिंगर मेल -प्रताप दास (हर युग होस् प्रेमगीत)
१८. बेस्ट प्ले ब्याक सिंगर फिमेल- प्रबिषा अधिकारी (हर युग होस् प्रेमगीत)
१९. बेस्ट कम्पोजर फिल्म- अर्जुन पोखरेल (तिम्रो घरको वरपरी)२०. न्यु फेस सिङ्गर फिमेल-अस्मिता परियार (आकाशै को)
२१. न्यु फेस सिङ्गर मेल-दुर्गा बिसी (झ्यालै मा)
२२. डेब्यु मोडल मेल-डिमन क्षेत्री (तिमि रीसाउदा)
२३. डेब्यु मोडल फिमेल -प्राची लामा (तिमि यति राम्री किन)