सिनेमा हल असोज २१ गते (घटस्थापना) बाट खुल्दै छन् । सरकारले गत महिना नै स्वास्थ्य सुरक्षा अपनाएर सिनेमा हल सञ्चालन गर्न अनुमति दिएको थियो l तर नयाँ फिल्म रिलिज गर्ने आट नदेखाए पछि हल खुल्न सकेका थिएन l मंगलवार चलचित्र विकास बोर्डले पत्रकार सम्मेलनको आयोजना गर्दै अब भने निरन्तर रूपमा सिनेमा हल खोल्नुका साथै तत्काल रिलिज हुने फिल्मलाई राहत प्याकेजको घोषणा गरेको छ । तीन महिना भित्र कुनै निर्माताले फिल्म प्रदर्शन गर्ने आट देखाए उक्त फिल्मलाई सर्भर इनकोडिङ, पब्लिसिटी, प्रचार सामाग्री छपाई लगायतको शीर्षकमा ७ लाख बराबरको सहयोग गर्न बताइएको छ l  ‘तत्काल रिलिज हुने नेपाली फिल्ममा हामीले जति पनि सहयोग गर्न लागेको छौँ त्यो बोर्डको आन्तरिक स्रोतबाट हो । ठुला फिल्मको लगानी सुरक्षित गरेर प्रदर्शन गर्ने विषयमा पनि बोर्ड गम्भीर रहेको बताउँदै दाहालले फिल्म क्षेत्रलाई चलायमान बनाउन सबै एकजुट हुन आग्रह गरेका छन् । यसका वावजूद पनि फिल्म क्षेत्रलाई चलायमान बनाउन बोर्डले आन्तरिक स्रोतबाट सक्ने सहयोग गर्दै आएको बोर्ड अध्यक्ष दयाराम दाहालको भनाइ छ l फिल्ममा सहयोग गर्न पनि बोर्डले सूचना तथा सञ्चार मन्त्रालयसँग माग गरेको छ l साथै मन्त्रालय सँग प्रोजेक्ट लोनको विषयमा पनि कुरा अगाडि बढेको अभिव्यक्ति दिएका छन् l थप्  छायांकनमा जाने फिल्मलाई बोर्डले डेढ लाखसम्मको ‘प्रोजेक्ट बिमा’ उपलब्ध गराएको बताए । घटस्थापनाबाट हलिउड फिल्म प्रदर्शन गरेर सिनेमा हल खुल्ने तयारी गरिएको छ । त्यसैको केही दिन पछि शोभित बस्नेतको निर्देशन रहेको फिल्म 'डाँडाको वरपीपल' प्रदर्शनमा आउने छ l