चलचित्र ‘छक्का पञ्जा २’ को दोश्रो गीत सार्वजनिक भएको छ । किरण कंडेलको संगीत, उत्तम संजेलको शब्द , हरिवश आचार्य र आस्था राउतको स्वर रहेको ‘झ्याम्म झ्याम्म’ बोलको गीतमा दिपकराज गिरी, प्रियंका कार्की, विल्सन विक्रम राई र बुद्धि तामाङले नृत्य गरेका छन् । गीतको भिडियोमा पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
दिपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा २’मा दिपक, प्रियंका र बुद्धिसँगै केदार घिमिरे, जितु नेपाल, बर्षा राउत, स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको अभिनय रहेको छ । चलचित्रको पहिलो गीत ‘नाइलन’को साडीमा विवादसँगै चर्चामा आइसकेको छ । छक्का पन्जा २ असोज ११ गते प्रदर्शनमा आउने छ ।