कालिन्चोक गाउँपालिका वडा नम्बर ९ को आर्थिक सहयोग तथा भिमेस्वर नाट्य समूहको आयोजनामा एक हप्ते निःशुल्क विशेष अभिनय प्रशिक्षण तालिम समापन भएको छ l उक्त अभिनय प्रशिक्षण तालिम दिँदै 'मनमाया नाटक'को मञ्चन गरी अभिनय कक्षा समापन गरिएको हो l नाटक मनमाया असोज १९ गते मञ्चन गरिएको थियो । एउटि स्कुले केटी मनमायाले भोग्नु परेको यौन दुर्व्यवहार बाट परेको मनो सामाजिक समस्या बारे नाटक प्रस्तुत गरिएको अध्यक्ष जगत कुमार थामीले बताएका छन् l थप् थामी भन्छन् मानसिक समस्याका कारण आत्म हत्या को सङ्ख्या बढी रहेको छ । यो दोलखाको पनि ठुलो समस्या हो त्यसैले मनमा परेको पिर चिन्ता पीडा आफ्नाहरूलाई सुनाउने गर्नु पर्छ । अन्याय परे आवाज उठाउनु पर्छ । भन्ने, मूल सन्देश लिएर नाटक मञ्चन गरिएको हो । अभिनय प्रशिक्षण तालिममा रंगकर्मी प्रह्लाद खरेलले अभिनय प्रशिक्षण दिएका थिए भने नाटक लेखन तथा निर्देशन पनि उनैको थियो । यस समापन कार्यक्रममा सहभागी २० जना बिध्यार्थिलाइ प्रमाण पत्र पनि प्रदान गरिएको थियो । कालिन्चोक गाउँपालिका अध्यक्ष श्री बिन कुमार थामी ज्यु प्रमुख अतिथिमा र विशेष अतिथिको रूपमा राम प्रसाद मैनाली उपस्थित रहनु भएको थियो ।