टेलिभिजनको सबैभन्दा लोकप्रिय धारावाहिक शृङ्खला ‘रामायण’मा ‘रावण’को भूमिका निर्वाह गरेर चर्चामा आएका कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ । ८३ वर्षको उमेरमा निधन भएका त्रिवेदीले ३०० भन्दा धेरै हिन्दी र गुजराती फिल्ममा  अभिनय गरेका छन् l कुनै रोगको पनि सिकार नबनेका उनको पछिल्लो केही वर्षदेखि स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो । उनको निधनले बलिउड क्षेत्र शोकमा डुबेको भारतीय संचारमा उल्लेख छ l   उनले करिअरको सुरुवात गुजरातको रंगमञ्चबाट गरेका हुन्