गायक समीर आचार्यको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । समीरले गायिका स्वस्तिमा ढकालसँग मिलेर ‘चकलेटी स्याउ’ बोलको गीत श्रोता तथा दर्शकमाझ ल्याएका हुन् l दिनेशराज पुरीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत समावेश छ । शान थापाले भिडियोको निर्देशन गरेका हुन् l
कलाकार सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडाको भिडियोमा अभिनय छ। मनोज बस्नेतको लगानीमा बनेको भिडियोमा हरि हुमागाँइको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिभ समरको कोरियोग्राफी छ । भिडियोलाई युट्युब च्यानल एट के मोसन्स पिक्चर्स बाट हेर्न पाइन्छ l