रिल्ल सँगै रियल जोडी निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l पदम राई र रचना रिमालको आवाजमा समावेश गीत 'सरकारी अड्डा' मा यो जोडी देखिएका हुन् l डीपी खनालको शब्द रचना रहेको गीतमा संगीत दीपक शर्माले भरेका छन् l एरेन्ज रिकेश गुरुङले गरेका हुन् l निकेश् खड्काको निर्देशन साथै कन्सेप्टमा बनेको भिडियोको दृश्य कैद मन कृष्ण महर्जन र बुद्ध थापाले संयुक्तमा गरेका छन् l

भिडियोको सम्पादन विकास धमला र कलरिङ् राजेन्द्र मोक्तानले गरेका हुन् l सार्वजनिक भिडियोलाई केन्द्र मोसन्सको आधिकारिक युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l