एमाले नेता तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले आफू निर्देशक निश्चल बस्नेत र स्वस्तिमा खड्काको फ्यान भएको बताएका छन् l निश्चल र स्वस्तिमा अभिनीत नयाँ म्युजिक भिडियो 'सरकारी अड्डा' लन्च गर्न राखिएको पत्रकार सम्मेलन भट्टराई ले यी जोडीको तारिफ गरेका हुन l कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित भएका भट्राइले गीत हेरेपछि महिला सैनिकको रूपमा फिचर्ड भएकी स्वस्तिमाको भूमिकाको प्रशंसा गरे । साथै आफूले टिकटकमा पनि यो जोडीलाई फलो गरेको बताएका छन् l योगेश भन्छन्: ‘निश्चल र स्वस्तिमाजीलाई मैले टीकटकमा पनि फलो गरेको छु ,स्वस्तिमाजी आर्मीमा गए पनि स्ट्रिक्ट हुने मान्छे हो । उहाँले निकै राम्रो काम गर्नुभएको छ’  उहाँहरूको वास्तविक जीवन पनि प्रेरणादायी छ, प्रस्तुति अर्ग्यानिक भएको र बनावटी छैन , सन्देशमूलक गीत बनेको छ l l थप् उनले गीतको टाइटललाई मध्य नजर गर्दै सरकारी अड्डा बारे पनि बोलेका थिए l अड्डामा नकारात्मक मात्र हैन, सकारात्मक पाटो पनि छ’ l उक्त गीतमा आवाज गायिका रचना रिमाल र  पदम राईले दिएका छन् l