नायिका पर्मिता राणा बलिउड फिल्म ‘उचाइँ’ मा देखिने भएकी छिन् l फिल्मको लागि भनेर उनी आज लुक्ला प्रस्थान पनि गरी सकेकी छिन् l नेपाली फिल्म 'चङ्गा चेट' मा अभिनय गरे पस्चात उनको कुनै फिल्म पनि बजार आएका छैनन् l लगभग ३ वर्ष पछि उनी बलिउड मुभी मार्फत ठुलो पर्दामा देखिने भएकी हुन् l तर म्युजिक भिडियोमा भने उनी देखी नै रहेकी थिइन् l  उक्त फिल्ममा नायिका परमिताको अलावा अन्य नेपाली कलाकारहरूको पनि अभिनय रहेको छ l  जसमा कलाकारहरू सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, नीरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, किस नन्दु सिंह (सिद्धार्थ), आरोन गुरुङलगायत कलाकारले फिल्ममा अभिनय गर्ने छन् l निर्देशक सुरज बडजत्याले निर्देशन गरेको यस फिल्ममा बलिउडका चर्चित पाच् हस्तीहरू कलाकार अनुपम खेर, परिनीति चोपडा, बोमन इरानी अमिताभ बच्चन र सारिका हसन महत्त्वपूर्ण भूमिकामा देखिने छन् । फिल्मको छायांकन नेपालका पहाडी तथा हिमाली भेगका लुक्ला, नाम्चे, मनाङलगायत काठमाडौँ र भारतको मुम्बईमा हुनेछ।