गायक शिव परियारको आवाजमा “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” बोलको गीत सार्वजनिक भएको छ । रविन स्वप्निल गिरिको शब्द रहेको गीतमा संगीत दीपकराजविश्वकर्माले भरेका छन् । गीतको एरेन्ज राजन इसानको रहेको छ । अर्जुन जिसिले सम्पादन गरेको भिडियोमा कलरिङ राजेन्द्र मोक्तानले गरेका छन् ।
गीतलाई नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेका हुन् । साथै भिडियोको छायाङ्कन हरि हुमागाईँको रहेको छ । नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स अञ्जलि लुइँटेल र आलिया अधिकारी भिडियोमा फिचर्ड छन् ।