गायक प्रताप दास र रचना रिमालको आवाज मा `उकालो बाटो´ बोलको गीत सार्वजनिक भएको छ । दीपक शर्माको रचना र संगीत रहेको गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । इन्टरनेट रिलिज भिडियोमा नृत्य निर्देशक गोविन्द राईको निर्देशन र मदन काश्यप घिमिरेको छायांकन समावेश छ ।
मोडेल सृष्टि खडका र महेश खड्का भिडियोमा फिचर्ड छन् । सम्पादन तारा थापा किम्भे र रंग संयोजन राजेश कुमारको रहेको छ। युट्युब च्यानल ओ.एस्. आर मार्फत भिडियोलाई हेर्न सकिन्छ ।