फिल्म 'चिसो मान्छे'को रिलिज मिति तय भएको छ l आउँदो वर्ष अर्थात् २०७९ सालको बैशाख ३० गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको हो l निर्देशक दीपेन्द्र खनालको निर्देशन रहने फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको छ l यसै फिल्म बाट स्वस्तिमाको दोश्रो पटक अर्पण सँग सहकार्य भएको हो l शर्मिला पाण्डेको निर्माण रहेको फिल्मले मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गर्छ l फिल्मलाई रीच इन्टरटेनमेन्टसँगै जीजीए ग्रुपले उपत्यकामा र एफडी कम्पनिले मोफसलमा वितरण गर्नेछ ।मध्यम वर्गीय परिवारको कथा रहने फिल्ममा निर्देशक खनालकै कथा रहेको छ । यो फिल्म गत वर्षको भदौमै प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण सम्भव भएन ।