नायिका सुरक्षा पन्तले नयाँ फिल्म साइन गरेकी छन् । सो फिल्मको नाम रहेको छ `बुलाकी´ । लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको यस फिल्ममा सुरक्षाको अलावा नरेन खड्का र बिराज बिस्ट पनि मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । कर्णालीको भाषामा बन्ने यस फिल्मको निर्मातामा मोती विष्ट र गोपाल बिस्ट छन् भने सह-निर्मातामा प्रकाश कँडेल (सौगात) छन् ।जारी प्रथामाथि आधारित भएर निर्माण हुन लागेको `बुलाकी´ को  लोकेसन लुक्ला लाई सेट गरिएको छ । आउँदो कार्तिक बाट फ्लोरमा जाने फिल्ममा अप्सना थापा, लक्ष्मी गिरी, सुनिल पोखरेल, प्रेमदेव गिरीको पनि अभिनय रहने छ । जारी प्रथामाथि आधारित रहेर फिल्म निर्माण हुने भएको हो